अर्थतन्त्र

क्युआर कोडमार्फत भुक्तानी गर्ने बढे

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

गत माघमा १ अर्ब ७१ करोड २० लाख बराबरको कारोबार क्यु आर कोडमार्फत भुक्तानी भएकोमा फागुनमा २ अर्ब ५५ करोड बराबरको कारोबार भएको नेपाल राष्ट्र बैकले जनाएको छ । पुस महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० करोड बढीको कारोबार भएको छ ।

कनेक्ट आईपीएस, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ भने माघमा मात्र १ खर्ब ७२ अर्ब चार करोड ६० लाख बढीको कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत