भरतपोखरी बिकास मञ्च पोखराद्वारा सहयाेग गर्नहरूलाई सम्मान
- गाउँ सहर संवाददाता
- १ बैशाख बुधबार, २०७८ | १६:२६:०० मा प्रकाशित
कास्की । भरतपोखरी बिकास मञ्च पोखराले विभिन्न पीडितहरूलाई सहयाेग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेकाे छ ।
बुधबार सम्पन्न सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा क्रियाशील गैरनाफामुलक संस्था भरतपोखरी बिकास मञ्च पोखरा -३३ ले सहयाेग गर्नेहरूलाई उक्त सम्मान गरेकाे हाे ।
नयाँ वर्षको अबसर पारेर संस्थाद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाले वर्ष भरि गरेका सामाजिक तथा मानवीय गतिविधिहरु समेटिएको नयाँ वर्ष २०७८ को क्यालेन्डर समेत गण्डकी प्रदेश प्रमुख अमिक शरचनले बिमोचन गरे ।
संस्थाका संस्थापक अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको साधारण सभाको प्रदेश प्रमुख शेरचनले साझा चौतारीको रुपमा स्थापित भई निस्वार्थ सामाजिक तथा मानवीय सेबाका लागि संस्थाले गरेका सकारात्मक गतिविधिले समाजरुपान्तरण, समाज र संस्कृति निमाँणमा महत्त्वपूर्ण टेबा पुग्ने बिश्वास ब्यक्त गरे ।
उक्त कार्यक्रममा बिशिष्ठ अतिथिका पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिव प्रसाद आचार्य, गण्डकी प्रदेशका सचिव हरिराज पोखरेल, नेकपा एमाले कास्कीका अध्यक्ष धनराज आचार्य, नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति बिजयराज आचार्य, गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पौडेल, संस्थाका सल्लाहकारहरु यज्ञ प्रसाद अधिकारी, केशर प्रसाद निदोँषी, समाजसेवी धर्मराज अधिकारी, भरतपोखरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णराज अधिकारी, सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्य, सरस्वती टीका बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष पिताम्बर शर्मा पौडेल, सरस्वती सोही क्याम्पसका क्याम्पस प्रमुख महेन्द्रराज अधिकारीले बिकास मन्चले गरेका रचनात्मक सामाजिक कार्यहरुले खुलेर प्रशंसा गरे ।
उक्त कार्यक्रममा संस्थाले मृगौला पीडित लेखबहादुर नेपालीको परिबारलाई एक लाख पचास हजार मानवीय सहयोग हस्तान्तरणका लागि एक लाख दान गर्ने होमनाथ गिरी, रु १० हजार सहयोग गर्ने प्रकाश गौतम तथा, क्यान्सर पीडित हिरा नेपालीको उपचारको लागि रु ७० नगद सहयोग गर्ने अभियानको संचालनमा अगुवाइ गर्ने ऋषिमाया लामिछाने होमनाथ गिरी, साहित्य सिजँनामा असुरक्षित गुलाबको फुल सिर्जना गर्ने जीवन सागर भण्डारी, आफ्नो स्वेच्छिक लगानीमा सार्वजनिक स्थलमा चौतारा निर्माण गर्ने गैरागाउँ निबासी नारायणदत्त आचार्यलाई मन्चले सोही समारोहबीच सम्मान गरेकोे छ ।
साथै कक्षा ६ अध्ययनरत छात्रा कल्पना मगरको मृगौला उपचारमा सहयोग गर्ने शंकर भण्डारी, सो कार्यक्रममा स्वागत मन्तब्य कार्यसमिति सदस्य ऋषिमा लामिछानेले तथा संस्थाको बार्षिक प्रतिबेदन संस्थाका अध्यक्ष डिल्लीराम बराल, साङगठनिक प्रतिबेदन महासचिब गणेश ढकाल तथा २०७६/७७ को आाम्दानी र खर्च बिबरण संस्थाका कोषाध्यक्ष गोबिन्दद्वारा प्रस्तुत गरिएको थियो ।
सो साधरण सभाबाट संस्थाले भरतपोखरी कृस्ती निर्मलपोखरी र पोखरा १७ लाई आधार मानी एम्बुलेन्स संचालन, पर्यटन प्रबर्द्धनका कार्यक्रम संचालन तथ वडा कार्यालय ३३ सँग समन्वय र स्थानीय टोली बिकासको साझेदारीमा टोल नामाकरण र बोर्ड निर्माण गर्ने समेत जनाएको छ । कार्यक्रमको संचालन गणेश प्रसाद ढकालले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
प्रतिकृया दिनुहोस