गाउँ सहर

जहाँ विश्वका २१० देशको झण्डा फहराइयाे

काठमाडौं । काठमाडौंको पूर्वी क्षेत्र थाना भन्ज्याङ, जर्सिङपौवामा विश्वका २१० देशको झण्डा फहराइएको छ ।

नयाँ वर्ष अर्थात वैशाख १ गते काठमाडौं पूर्वी क्षेत्र चाबहिल जोरपाटी साँखु पूर्वी क्षेत्रका उद्योग व्यवसायी, राजनीतिज्ञ, समाजसेवी, बुद्धिजीवी लगायतका व्यक्तित्वहरुको संयुक्त पहलमा सो स्थानमा झण्डा फहराइएको हो ।

पूर्वी सहर हराभरा सहरको अभियान अनुरुप शान्तिको देश नेपालको भाइचाराको सन्देश विश्व सामु दिने उद्देश्यसहित सो स्थानमा झण्डा फहराइएको अभियानका संयोजक कृष्ण केसीले जानकारी दिए ।

यस अभियानसँगै पूर्वी क्षेत्र हराभरा सहर अभियानको थालनी भएको छ ।  सो अभियानले जर्सिङपौवा थानाभन्ञ्याङस्थित सामुदायिक वनलाई दुई वर्षभित्र व्यवस्थित हरित सहर बनाइ छाड्ने संकल्प लिएको छ । 

संयोजक केसीले दुई वर्षभित्र सो क्षेत्रमा अधिकतम ४० हजार बोट बिरुवा रोप्ने बताए । ‘एक घर, एक बिरुवा अभियान’ अनुसार पूर्वी क्षेत्रमा अधिकतम वृक्षारोपण गर्ने र सो क्षेत्रमा व्यवस्थित पर्यावरणीय पार्क, पिकनिक स्पर्ट तथा पर्यटन क्षेत्रको रुपमा समेत विकास गरिने बताए । 

त्यसो त सो अभियानका लागि सहरी विकास मन्त्रालय अन्तरगत ३ करोड रुपैयाँ चालू आर्थिक वर्षमै छुट्याइसकेको समेत उनले जानकारी दिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत