प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते
- गाउँ सहर संवाददाता
- १ बैशाख बुधबार, २०७८ | १५:३९:०० मा प्रकाशित
काठमाडौं । प्यूठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
बुधबार दिउँसो भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने, प्रशासनकै खरिदार यमलाल पन्थी र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।
नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि बुधबार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो ।
घटनामा ९ जना घाइते छन् । घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।
घटनालगत्तै गुल्मीका प्रजिअ, प्रहरी उपरीक्षकसहितको टोली घटनास्थलतर्फ जाँदै छ । जिपमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र उनीहरुको परिवार स्वर्गद्वारी दर्शनका लागि गएको जानकारी आएको प्रजिअ शर्माले बताइन् ।
अन्य घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस