स्वास्थ्य

यो अवस्थामा तपाईं बच्चालाई स्कुल/कलेज पठाउनुहुन्छ ?

काठमाडौँ । कोरोनाको कहर देशमा पुनः ह्वात्तै बढेको छ भने दैनिक मृत्युको घटनाहरूपनि बढेका छन् । संघ, प्रदेश र स्थानीय सरकारहरूले सावधानी अपनाउन आग्रह गरिरहेको छ । परिवेश जटिल हुँदै गएको अधिकारीहरूको भनाइबाटै थाहा भएको छ ।

एकदुइ गर्दै ३ हजार ५८ जनाकाे काेराेनाकै कारण मृत्यु भइसकेकाे छ । दैनिक संक्रमित र गम्भीर बिरामीकाे संख्या बढेकाे छ । कुल संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमा कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ८३ हजार३१८ पुगेको छ ।

देशभरका अस्पतालहरुमा अहिले आइसियूमा ९७ र भेन्टिलेटरमा उपचार हुनेको संख्या २० पुगेको छ । जसमा सबैभन्दा बढी लुम्बिनीमा ५२ जना आइसियूमा छन भने त्यसपछि बागमतीमा ४१ जना छन् । तर बागमतीमा भेन्टिलेटरमा उपचार गरिरहेका बिरामीको संख्या सबैभन्दा बढी १५ छ ।

हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । तर केही राष्ट्रहरूमा भने संक्रमण ह्वात्तै बढेकाे छ । उनीहरू चाैथाे लकडाउनमा पुगिसकेकाे अवस्था छ । विश्वभर हाल २ कराेड ४० लाख ९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड ८० लाख १३ हजार नाघेको छ भने मृतकको संख्या २९ लाख  ७१ हजार ८६४ जना पुगेको छ ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३८ लाख ७३ हजार ८२५ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ७२ हजार ११५ जनाको ज्यान गइसकेको छ । सक्रिय केस १३ लाख ६६ हजार ५१८ छ जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।

यो विषम अवस्थामा सरकारले कुनै निर्णय नगर्दा पेशाकर्मी आ-आफ्ना दाउमा बसेका छन् । साह्रोगाह्रो सबैलाई छ तर परिस्थितिलाई नजरअन्दाज गर्ने समय कसैलाई छैन । बैकल्पिक उपाय हामीसँग छन भने भीड हुने स्थल स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस बन्द गर्नै पर्छ । यसमा परेको र पर्नसक्ने आर्थिक भारमा पनि राज्य पन्छिन मिल्दैन तत्कालै प्याकेज दिनैपर्छ । नत्र उ पनि नगर्ने अनि बन्दमात्र गर्दा परेको र पर्नसक्ने कठिनाई पूर्ण गर्न सम्बन्धित पक्षका व्यवसायीले सक्दैनन् । यस कुरामा सरकारले तत्कालै निर्णय गर्नु जरुरी छ । नत्र हामी सुरक्षित रहन सक्दैनौँ ।

संक्रमण बढेका क्षेत्रमा तत्काल बैकल्पिक व्यवस्था नै हाम्रो उत्तम विकल्प हो । विशेष ध्यान दिनुपर्ने स्कुल कलेजमा के तपाईं बच्चालाई याे अवस्थामा पठाउनुहुन्छ ? ती संस्थाले पनि किन आएन भनेर दवाब सिर्जना गर्न मिल्दैन । हाम्रा पूर्वाधारले करोडौँ जनसंख्या एकैसाथ उपचार र व्यवस्था गर्न सक्दैन । बेलैमा सोचेको राम्रो ।

गाउँ सहर संवाददाता

तपाईँको मत