स्वास्थ्य

विश्वभभर काेराेना : १३ करोड ८० लाख संक्रमित, ११ करोड १० लाख निकाे, २९ लाख ७१ हजारकाे मृत्यु

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ४० लाख ९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ११ करोड १० लाख ३२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड ८० लाख १३ हजार नाघेको छ भने मृतकको संख्या २९ लाख  ७१ हजार ८६४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ६ हजार ९६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २० लाख ७० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ७७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४६ लाख २६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ६७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३८ लाख ७१ हजार ३२१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ७२ हजार ११५ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २३ लाख ३२ हजार ६८८ जना निको भएका छन् । सक्रिय केस १३ लाख ६६ हजार ५१८ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३६ लाख १ हजार जना संक्रमितमध्ये १ कराेड २० लाख ७४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ५८ हजारभन्दा बढी छन् । हाल ११ लाख ६८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ८० हजार ९८४ जना पुगेका छन् भने २ लाख ७४ हजार ११८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ५८ पुगेको छ भने ३ हजार ६०८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत