वातावरण

नयाँ वर्षकाे दिन यस्ताे छ माैसम

काठमाडाैँ । २०७८ बैशाख १ गते (बुधबार) आज, दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केहि भू-भागमा तुँवालोको असर रहने जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाले राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत