अर्थतन्त्र

नयाँ वर्षमा एनआईसी एशियाकाे डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ता

काठमाडौं । नयाँ वर्ष २०७८ ले सम्पूर्ण ग्राहक महानुभावहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । 

यस आकर्षक योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केटप्लेस र स्टपग्राबबाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहकहरूले ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म नगद रकम फिता प्राप्त गर्न सकिनेछ । साथै, बैंकले म्बचबश सँग सहकार्य गर्दै ग्राहकहरूलाई ई–कमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म छुटको योजना समेत ल्याएको छ । 

नेपालमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको ष्क्भचखभ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिनेछ । साथै, बैंकले काठमाडौं मेरियट होटल र दृश्या लाउञ्जमा न्यू इयर इभाको दिन सेवा लिई यस बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजना समेत ल्याएको छ । बैंकले म्युजिक नेपालसँग सहकार्य गरी मोमो एपमार्फत ल्क्ष्ऋब्क्क्ष्ब्द्दण्ठड कुपन कोड प्रयोग गरी आफ्नो ग्राहक महानुभावहरूको लागि निःशुल्क रुपमा एक महिनाको लागि सबक्रिपसन हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । 

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत