गाउँ सहर

दोलखामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, चालकसहित १८ जना घाइते

काठमाडाैं । दोलखामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

दोलखाको बिगु गाउँपालिका-४ लादुकमा गएराति प्रदेश ३-०१-०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु-३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाडाैंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

जिपमा २२ यात्रु सवार थिए। 

गाउँ सहर संवाददाता

तपाईँको मत