स्वास्थ्य

काेराेनाकाे दोस्रो लहर, कसरी व्यवस्थापन गर्ने ? लकडाउनकाे विकल्पमा जान सकिन्छ ?

काठमाडाैँ । नेपालमा काेराेनाकाे दाेस्राे लहरकाे परिभाषा दिइएकाे छ । याे समाचार तयार पार्दासम्म देशमा ३ हजार ५३ जनाले काेराेनाका कारण ज्यान गुमाउनु परेकाे अवस्था छ । संक्रमितकाे संख्या ३ लाख पुग्न लागेकाे छ । गम्भीर प्रकृति र उपचारका विरामीकाे संख्या सयकाे हाराहारीमा पुगेकाे छ ।

छिमेकी मुलुक भारतले अहिले अत्याएसँगै हामी हरपलमा सचेत रहनुपर्ने अवस्था दाेहाेरिएकाे छ ।

पहिलाे शिकार पुनः बनेका छन् शिक्षा र अन्य भीडभाडका क्षेत्रहरू ।

जनस्वास्थ्यविद्हरूले कोरोनाभाइरसको नयाँ भेरिअन्टबाट नेपालमा बालबालिका पनि प्रभावित हुन थालेकाले सङ्क्रमण विद्यालयबाट समुदायसम्म पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । तर शिक्षा मन्त्रालयले सरोकारवालासँग सोमवार गरेको बैठकमा शिक्षक, अभिभावक र , निजी विद्यालयकका सङ्गठनहरूले विद्यालय पूर्ण रूपमा बन्द गर्न नहुने धारणा राखेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेपछि कोभिड नियन्त्रणसम्बन्धी उच्च निकाय सीसीएमसीले पनि ७७ वटै जिल्लामा विद्यालय बन्द गर्न सुझाव दिएको छ । गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि नेपालमा शैक्षिक संस्थाहहरू बन्द गरिएको थियो । अहिले नेपाल कोरोनाभाइरस महामारीको दोस्रो लहरको सँघारमा पुग्न लागेको चेतावनी विज्ञहरूले दिएका छन् ।

शिक्षाविद्ले भने विद्यालयजस्ता मानिसहरूको भिड हुने ठाउँमा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना नभए त्यसले सङ्क्रमण फैलाउने जोखिम धेरै रहने बताउँछन् । दुइबीच अहिले दाेहाेरी चलिरहेकाे छ । तर सत्य कुरा के छ भने काेराेना जित्नकाे लागि भीड कम गर्नुकाे विकल्प रहेकाे छैन । जाेखिम घटाउन यसैकाे सहारा पुनः र चाहेजति लिनुपर्ने तर्क विज्ञले गरिरहेका छन् ।

विगत दुई सातायता कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेपछि विद्यालय उच्च जोखिममा पर्ने क्षेत्र भन्दै सरकारले आफ्नो वैकल्पिक कदमबारे समयमै ध्यान पुर्‍याउनुपर्ने सङ्क्रामक रोग विशेषज्ञहरूले यसअघिदेखि नै बताउँदै आएका छन् ।

खासगरी बालबालिका सङ्क्रमित भए उनीहरूले घरमा पाको उमेरका वा दीर्घ रोग भएका अन्य सदस्यलाई सार्न सक्ने भन्दै विज्ञहरूले सचेत गराएका हुन् ।

नेपालमा सङ्क्रमितहरूको सङ्ख्या केही सातायता बढ्न थालेपछि विज्ञहरूले जेठ महिनासम्म सङ्क्रमणको दर उच्चबिन्दुमा पुग्न सक्ने आंकलन गरिरहेका छन् । साेमबारकाे मृतक दरले भने जाेखिम झनै बढाएकाे देखिन्छ । सीमामा देखिएकाे भीड र चेकजाँचकाे व्यवस्था नहुँदा विभिन्न खालका समाचारहरूले स्थान पाएका छन् ।

याे विषम अवस्थामा सरकारले देशैभरका  स्वास्थ्य निकायमा केहि उपकरण, भेन्टिलेटरलगायतका सामग्रीहरू थपेकाे छ तर अत्यन्तै न्यून । भएका अस्पतालहरूमा सुविधा बढाउनुकाे साटाे काेराेनाकालमा नयाँ अस्पताल निर्माणमा अघि सरेकाे छ जुन अहिलेकाे अपरिहार्यता थिएन ।

अहिले देशभरका अस्पतालहरूमा एक हजार १५८ आइसियू बेड संख्या छ भने ४७६ भेन्टिलेटर छ । अहिले ९२ जनाको आइसियू र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमा पनि काठमाडाैँ उपत्यकामा मात्र ४६ जनाकाे आइसियू र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसले काठमाडाैँलगायतका मुख्य सहरमा काेराेनाकाे कहर बढीनै देखिएकाे छ । जहाँ जुनबेला पनि कडा लकडाउन हुनसक्ने स्थिति छ ।

स्वास्थ्य विद्ले पहिलो लहरभन्दा दोस्रो लहर अझ जोखिमपूर्ण हुने भन्दै सङ्क्रमणको अनुसन्धान र पहिचानमा थप पूर्वतयारी गरिनुपर्नेमा जोड दिनुले काेराेनाकाे कहर कहिलेसम्म रहला अनुमानभन्दा बाहिर छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत