विवेकशील साझाका सांसद श्रेष्ठले सार्वजनिक गरे वार्षिक प्रतिवेदन
- गाउँ सहर संवाददाता
- ३० चैत सोमबार, २०७७ | २१:३१:०० मा प्रकाशित
काठमाडाैँ । विवेकशील साझा पार्टीका तर्फबाट बागमती प्रदेश सभा सदस्य माननीय बिराज भक्त श्रेष्ठले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् । उनले आफू सांसद भएपछि लगातार तिन वर्षदेखि आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएका छन् ।
प्रतिवेदन https://bit.ly/3tdJm2h
सोमबार पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, संयोजक मिलन पाण्डे, संसदीय दलका नेता रमेश पौड्याल र पार्टीका नेताहरू राजिया बानु, अनुपा श्रेष्ठ लगायतले सांसद श्रेष्ठको प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील साझा कागजमा मात्र नभएर व्यवहारमै पारदर्शिता अपनाइरहेको दाबी गरे । विवेकशील साझाका सांसदहरूले विभिन्न नाममा सांसदलाई रकम बाँड्ने काम अपारदर्शी भएको भन्दै सांसद विकाश कोष लगायतका कार्यक्रम बहिष्कार गर्दै आएका छन् ।
सांसद श्रेष्ठको प्रतिवेदनमा वर्ष भरी सदनभित्र र सदनबाहिर गरेका कार्यहरूको सङ्कलन गरिएको छ भने सदनमा आफूले गरेका छलफल र राखेका संशोधन प्रस्तावको सूची प्रकाशित छ । विभिन्न कार्यक्रमहरूमा सहभागी भएका तस्बिर पनि यस दस्ताबेजमा समेटिएका छन् । प्रतिवेदन सार्वजनिक गर्दै पार्टी संयोजक मिलन पाण्डेले विवेकशील साझाको राजनीति नयाँ शैलीको राजनीति भएको र यसले नयाँ सम्भावनाहरू अन्वेषण गरिरहेको बताए । प्रदेश सभामा तेस्रो शक्तिका रूपमा भए पनि पार्टीका सांसदहरूले सदनमा नागरिकहरूको उत्कृष्ट प्रतिनिधित्व गरेको उनको दाबी थियो ।
यसअघि नै विवेकशील साझा पार्टीका प्रदेश संसदीय दलका नेता रमेश पौड्यालको वार्षिक प्रतिवेदन सार्वजनिक भैसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
प्रतिकृया दिनुहोस