वातावरण

मंगलबार कतै सफा, कतै चट्याङसहितकाे वर्षा, तुवाँलाेकाे असर रहने

काठमाडाैँ । आज चैत्र ३१ गते (मंगलबार) जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार, दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार, देशका केहि भू-भागमा तुँवालोको असर रहने छ ।

यस्तै राती  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत