अर्थतन्त्र

नेप्से हालसम्मकै उच्च विन्दु सत्ताइस सय नजिक, काराेबार रकम पनि उत्साजनक

काठमाडौं । सोमबार नेप्से परिसूचक हालसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेकाे छ । साताको पहिलो (आज)  १७.२० अंकले बढेर हालसम्मकै सबैभन्दा उच्च विन्दु २६९१.५६ अंकमा पुगेको छ । त्यसै गरि कारोबार रकमले पनि साथ पाएको छ ।

आज १२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

 

आज विभिन्न कम्पनीको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता सेयर ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ४९ रुपैयाँ ७२ पैसामा कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा एनआइसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङदी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंक छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा सानजेन जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, युनिभर्सल पावर र रसुवागढी हाइड्रोपावर कम्पनी छन् ।

 

 

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक लिमिटेड अगाडि रहेको छ । सो बैंकको यस दिन २५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल बैंकको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत