स्वास्थ्य
बाँकेमा पिसिआर परिक्षण गरिएकामध्ये आधाभन्दा बढिमा कोरोना संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- ३० चैत सोमबार, २०७७ | १३:१९:०० मा प्रकाशित
नेपालगञ्ज । बाँकेमा आज ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा ७८ जनाको पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
बाँकेमा चैत यता तीब्र गतिमा कोरोना फैलिरहेको छ ।
चैत महिनामा मात्र हालसम्म १ सय ९६ जना संक्रमित भएका छन् । भेरी अस्पतालमा ५४ जना उपचाररत छन् ।
ती मध्ये २४ जना सिकिस्त छन् भने ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको ओलीले जानकारी दिए ।
नेपालगञ्ज नाका भएर भारतबाट आएका ११ जनामा कोरोना पुष्टि भइसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस