शिक्षा

शैक्षिक संस्था बन्द वा स्वास्थ्य मापदण्ड पालना गरेर सुचारू भन्नेबारे मन्त्रिपरिषदले निर्णय गर्ने

काठमाडौं ।  कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि शैक्षिक संस्थाहरू बन्द गर्ने नगर्ने भन्ने विषयमा छलफल भएकाे छ । 

शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए ।

त्यसैगरि  जोखिमलाई देखाएर शैक्षिक संस्थाहरू बन्द गर्ने भन्दा पनि सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन् ।

सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् । तर केहीले भने वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् ।

 

छलफलमा सहभागी एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका सबै प्रावधानलाई कडाइका साथ लागू गरेर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छन् ।

छलफलमा आएका सुझावहरुलाई जस्ताको तस्तै सरकार समक्ष पुर्‍याउने मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

शिक्षा मन्त्रालयले भने सरोकारवालाहरुसँगको छलफलबाट निस्किएको निष्कर्षलाई मन्त्रीसमक्ष ब्रिफिङ गरेर मन्त्रिपरिषदमा आवश्यक प्रस्ताव लैजाने तयारी गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत