स्वास्थ्य

काेराेना संक्रमित हुनेमा अमेरिकापछि दाेस्राे नम्बरमा फेरि भारत, विश्वभर एक लाखभन्दा बढि बिरामी गम्भीर

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ३८ लाख २१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । विश्वभर पछिल्लाे २४ घण्टामा मात्र ६ लाख ३१ हजार ४०८ जना संक्रमित थपिएका छन् जसमध्ये भारतमा सबैभन्दा बढि १ लाख ६९ हजार ९१४ जना छन् । पछिल्लाे २४ घण्टामा ७ हजार ९९१ जनाकाे मृत्यु भएकाे छ । जसमध्ये  सबैभन्दा धेरै १ हजार ८ सय २४ जना ब्राजिलमा मृत्यु भएकाे छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड ९८ लाख ५६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड ६६ लाख २७ हजार नाघेको छ भने मृतकको संख्या २९ लाख  ४९ हजार १४२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ३ हजार ३६९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १९ लाख १८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ७५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४४ लाख ८० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ६२ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३५ लाख २५ हजार ३७९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ७० हजार २०९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २१ लाख ५३ हजार ७१३ जना निको भएका छन् । सक्रिय केस १२ लाख १ हजार ४५७ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३४ लाख ८२ हजार जना संक्रमितमध्ये १ कराेड १८ लाख ८० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ५३ हजारभन्दा बढी छन् । हाल १२ लाख ४८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ८० हजार २८ जना पुगेका छन् भने २ लाख ७४ हजार २७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ४० पुगेको छ भने २ हजार ९६१ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत