स्वास्थ्य

मानसिक स्वास्थ्य : काेराेनाले बालबालिकालाई पनि छाडेन, यहि समय हाे नजिक हुने

काठमाडाैँ। कोरोनाले वयस्कका साथै बालबालिकाको जीवनमा पनि गम्भीर प्रभाव पारेको छ। यसकारण बालबालिकाको मनलाई बलियो बनाउने, उनीहरुसँगको सम्बन्ध र मूल्य मान्यतामा विश्वास गर्ने समय पनि यही हो।

कोभिड-१९ लाई रोक्न उपायहरूको सुझाव दिइएको भए तापनि डाक्टरहरूले नकारात्मकता र तनावबाट बच्नको लागि घरमै बस्न बाध्य व्यक्तिहरूको मानसिक स्वास्थ्यलाई पनि निर्देशन दिइरहेका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, छोराछोरीको मनको कुरा ख्याल राख्नुहोस्, उनीहरूलाई सकारात्मक र तनाउमुक्त राख्नुहोस्। महामारीको समयमा तपाईं स्कूल जान सक्नुहुन्न। खेल्नका लागि बाहिर जान सकिँदैन। साथीहरुसँग दुरी कायम छ, फोनमा मात्र कुरा गर्नुहोस्। यदि तपाईं काम गर्न घरबाट बाहिर निस्कँदै हुनुहुन्छ भने सरसफाइका अनेक नियमहरू पालना गर्नुछ। पैसाको समस्याबारे दिनहुँ कुरा गरिन्छ। यस्तो अवस्थामा बालबालिकाको मनमा असर पर्नु स्वभाविक हो। ठूलाहरू, छोराछोरी सबै रिसाइरहेका छन्। सबैको मानसिक स्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ।

छोराछोरीसित समय बिताउने समय निर्धारण गर्नुहोस्

  • हरेक दिन हामी आधा घण्टा, एक घण्टा सँगै खेल्नेछौं। त्यतिन्जेल, आमाबाबुले अरू केही गर्ने छैनन्, उनीहरू छोराछोरीसित मात्र खेल्छन्। साे समय मोबाइल, ल्यापटप र टिभीहरु यस अवधिमा बन्द रहनेछन्।
  • खेलकुदको समयमा बालबालिकालाई इमान्दारिता, सामान्य रुपमा हार बेहोर्दै, सबैलाई समान मौका दिने र समयको मूल्य बुझ्ने जस्ता मूल्यहरु सिकाउन सकिन्छ।

तपाईँले निर्णय गर्नुहाेस कि हामी के गर्ने ?

  • छोराछोरीलाई तय गर्न दिनुहाेस कि के काम गर्ने। यसले उनीहरूलाई घरायसी काम सिक्न र तपाईंसँग समय बिताउन मद्दत गर्नेछ।
  • छोराछोरीलाई छनौट गर्न अनुमति दिंदा उनीहरूलाई योजना बनाउन, कामको सूची बनाउन र प्राथमिकता निर्धारण गर्न मद्दत गर्नेछ।

सिर्जना गर्नुहोस्

यस महामारीको अनिश्चित समयमा जाेपनि एक्लाेपना र बेचैनीबाट पीडित हुन्छन् र बच्चाहरूपनि यसबाट मुक्त हुँदैनन्। परिस्थितिलाई नियन्त्रणमा राख्न सकिएन भने त झनै गाह्रो हुन्छ। त्यसैले सजिलै र सहज तरिकाले गर्न सकिने कुरामा ध्यान दिनुहाेस्।

त्यसैकारण विशेषज्ञहरू दिन वा हप्ताको दिनचर्याबारे निर्णय गर्न सल्लाह दिन्छन्। भोलि के गर्ने वा दिनभरी के गर्ने भनेर निर्णय गर्दा तपाईं आफ्नो काम र छोराछोरीको काममा व्यस्त हुनुहुन्छ जसले सन्तोष मिल्नेछ।

महामारी सुरक्षा नियमलाई रमाइलो बनाउनुहोस्

  • २० सेकेण्डसम्म हात धुनकाे लागि कुनै गीत बनाउनुहोस्। यो गीत तपाईं छोराछोरीसँगै गाउन सक्नुहुन्छ वा धुनमा गर्न सक्नुहुन्छ।
  • बारम्बार अनुहार नछुने, बाहिर नजाने, मोबाइलमा गेम नखेल्ने, अनावश्यक टिभी नहेर्ने जस्ता कुराहरू मान्ने बच्चलाई पुरस्कृत गर्नुहाेस्। जसले गर्दा उनीहरूले असल बानीहरू सिक्नेछन्।

किशोरकिशोरीको विशेष ख्याल राख्नुहोस्

किशोर-किशोरीहरू आफ्ना साथीहरू, आफ्नो सोचाइ, संसारलाई अलग्गै राख्न मन पराउँछन् किनभने तिनीहरूलाई वयस्कहरूले बुझ्न सक्दैनन् जस्तो लाग्छ। तपाईंहरू दुबैजना सँगै बस्नुपर्छ भन्ने कुरा याे समयमा एकअर्कालाई बुझ्ने कोसिस गर्नुहोस्। हरेक विषयमा बच्चाको विचार सुन्ने कोसिस गर्नुहोस्। कुरा नकाट्नुहोस्। उसलाई तथ्यहरू थाहा दिनुहोस्।

किशोर छोराछोरीसित व्यायाम गर्नु पनि राम्रो विकल्प हो। व्यायाम कसरी गर्ने भनेर निर्णय गर्न उनीहरूलाई भन्नुहोस्। यो उनीहरूको स्वास्थ्यको लागि मात्र होइन, तपाईंको स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक हुनेछ।

गाउँ सहर डेस्क

तपाईँको मत