वातावरण

आज सोमबार, यस्तो छ मौसम

काठमाडाैँ । आज चैत्र ३० गते (सोमबार), जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै महाशाखाका अनुसार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत