राजनीति

कांग्रेसकाे आज पदाधिकारी बैठक बस्दै

काठमाडाै । नेपाली कांग्रेसकाे आज पदाधिकारी बैठक बस्दैछ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दैछ।

सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक राखिएको हो । कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ ।

गत शुक्रबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र समर्थन गर्न आग्रह गरेका थिए। जसपाले पार्टीमा छलफल गर्न भन्दै समय मागेको छ।

गाउँ सहर संवाददाता