शिक्षा

गुणस्तरीय शिक्षाको लागि शिक्षकको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संङगठन कास्कीद्वारा आयोजित ४२ औं शिक्षक दिवस तथा संङगठनको १३ औं जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै राज्यका हरेक परिवर्तनमा शिक्षक वर्गले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

शिक्षकहरुले पेशागत जिम्मेवारी र मर्यादालाई आत्मसात गर्नुपर्ने उल्लेख गर्दै उनले समाजमा एउटा आदर्शका रुपमा आफुलाई स्थापित गर्नुपर्ने आवश्यकता औल्याए ।  

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले संविधानको मर्म र भावना अनुरुप शिक्षा क्षेत्रको गुणस्तर र विकासका लागि प्रदेश र स्थानीय तह मातहतमा हुनु पर्नेमा जोड दिंदै महानगरपालिका भित्र रहेका शिक्षकको तलबमा मात्र बार्षिक एक अर्व २५ करोड खर्च हुने गरेको जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक संङगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलका अनुसार संगठनले शिक्षक वर्गको हक अधिकारको सुनिश्चित गर्दै रक्तदान, बक्तृत्वकला प्रतियोगिता, घुम्ती बैठक जस्ता कार्य गर्दै आएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत