बेसार पानीको कथा महँगो साबित हुने : राणा
- गाउँ सहर संवाददाता
- २८ चैत शनिबार, २०७७ | १९:२९:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले बढ्दो कोरोना महामारीको जोखिमसँगै सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्नेमा जाेड दिएका छन् ।
बेसार पानीको मात्र कथा हालिरहे महँगो साबित हुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
भारतमा कार्यरत नेपालीहरु स्वदेश फर्कने क्रम बढेसँगै कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न उच्च सतर्कता अवलम्बन गर्नुपर्ने राणाको भनाइ छ ।
"छिमेक भारतमा द्रुततर दरमा कोरोना संक्रमण बढेको विदितै छ । यसै क्रममा भारतमा कार्यरत धेरै कामदारहरु स्वदेश फर्किरहेको खबर छ । यस अवस्थामा सरकारले सीमाना अनुगमन गर्नेदेखि समयमै सबै सावधानी अपनाउनु जरुरी भएको छ," राणाले शनिबार भने ।
उनले ट्वीट गर्दै भने, "अन्यथा बेसार पानीको कथा महँगो साबित हुने प्रष्ट छ ।"
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस