राजनीति

रामेछाप -काठमाडाैं सम्पर्क समितिद्वारा रक्तदान तथा क्यालेन्डर बितरण

नेपाली कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठ र नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल क्यालेण्डर सार्वजनिक गर्दै ।

काठमाडाैं । नेपाली कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिद्वारा रक्तदान तथा नयाँ वर्षकाे क्यालेण्डर बितरण गरेकाे छ । 

म्याकडाेनल क्याफे मध्येबारनेश्वरमा शनिबार नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे कार्यक्रममा एक सय ८ प्रिन्ट रगत संकलन भएकाे सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिए ।

नेपाल रेडक्रस साेसाइटी भक्तपुरकाे प्राविधिक सहयाेगमा सम्पन्न रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेकाे सभापति श्रेष्ठले बताए । 

साे क्रममा कार्यक्रम उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले नयाँ वर्षकाे शुभकामना व्यक्त गर्दै सम्पर्क समितिले गरेकाे कार्य सराहनीय रहेकाे बताए ।

रिजालले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन राजा ज्ञानेन्द्र शाह भन्दा तानाशाही बाटोमा अघि बढेको आरोप लगाए । उनले विकास, पूर्वाधार काम गर्ने भन्दा पनि ओली सरकार बजेट र तयारीबिनै शिलान्यास गर्दै हिँडेकाे बताए । 

रिजालले कांग्रेस नेता तथा कार्यकर्ता एकजुट भए मात्र पार्टी बलियाे र सांगठानिक रूपमा सशक्त हुने  बताए ।

कार्यक्रममा रामेछाप कांग्रेस पार्टी सभापति लवश्री न्याैपाने, पूर्वसभापति रामचन्द्र खड्का, उपसभापति जितेन्द्रकुमार माेक्तान लगायत जिल्ला कार्यसमितिदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे । 

साथै  सम्पर्क समितिका पदाधिकारीहरू तथा भातृसंस्थाका पदाधिकारीहरूकाे पनि उल्लेख्य उपस्थिति रहेकाे थियाे । 

कार्यक्रममा रक्तदाताहरूलाई प्रशंसापत्र तथा क्यालेण्डर र अन्य सहभागी सबैलाई नेपाली कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिले निकालेकाे नयाँ वर्ष २०७८ सालकाे क्यालेण्डर बितरण गरिएकाे समितिका सचिव सुकदेव खड्काले जानकारी दिए ।

सम्पर्क समितिले लकडाउनकाे अवसरका जिल्लाभर स्वास्थ्य सामाग्री उपलब्ध गराउनुका साथै अन्य विभिन्न सामाजिक कार्यकमा सक्रियता देखाउँदे आएको छ ।

  

गाउँ सहर संवाददाता

तपाईँको मत