स्वास्थ्य

ॐ चाबहिल डेन्टलकाे नि:शुल्क दन्त शिविरबाट दाेलखामा तेइस सय बढि लाभान्वित

काठमाडाैं । ॐ चाबहिल डेन्टल अस्पतालले दोलखामा  नि:शुल्क तीन दिने दन्त तथा आँखा शिविर सम्पन्न भएको छ ।

अस्पतालले नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, ह्यान्ड्स फर नेपाल र तामाकाेशी गाउँपालिकाकाे संयुक्त आयोजनामा नि:शुल्क दन्त शिविर सम्पन्न गरेको हो । 

शिविरबाट दोलखाको तामाकाेशी गाउँपालिकाका २३ सय भन्दा बढि सेवाग्राहीले नि:शुल्क सेवा लिएको ॐ चाबहिल डेन्टल अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।

सो अवसरमा दाँत परीक्षण गर्न आएका सेवाग्राहीहरूलाई नि:शुल्क आौषधिसमेत बाँडिएको डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए । 

शिविरमा स्त्रीराेग जनरल फिजिसियनकाे सेवा समेत उपलब्ध गराइएकाे थियाे । 

 ॐ चाबहिल डेन्टल अस्पतालले अघिल्लाे वर्ष पनि गाैरीशंकर गाउँपालिकामा नि:शुल्क दन्त शिविर सञ्चालन गरेकाे थियाे । 

विभिन्न जिल्लाका स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको अध्यक्ष घिमिरेले बताए। 

प्रबन्धक निर्देशक शर्माले डेन्टल खोलेको छोटो समयमै सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल भएको बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत