गाउँ सहर

बालिका बलात्कारपछि हत्या गर्ने पक्राउ तथा अनुसन्धानमा ढीलाे गरेकाेमा निविसंघकाे प्रदर्शन

काठमाडाैं । बालिका बलात्कारपछि हत्यामा संलग्न पक्राउ तथा अनुसन्धानमा ढिला गरेकाे विरूद्धमा नेपाल विद्यार्थी संघले विराेध प्रदर्शन गरेकाे छ । 

कक्षा तीनमा अध्ययनरत ९ वर्षिया बालिका लक्ष्मी चौलागाईंकाे मुगुमा बलात्कारपछि भएको हत्याको बिरोधमा नेविसंघ नेपाल कमर्श क्याम्पसले शनिवार बानेश्वर संसद भवन अगाडी प्रदर्शन गरेको हाे ।

विराेधमार्फत यस्ता किसिमका क्रूर अपराधमा संलग्न जोकोही पीडक भएपनि मुद्दा चलाउन र पीडितलाई न्याय दिन सरकारसँग माग गरिएको नेविसंघ, नेपाल कमर्श क्याम्पसका नेता बिष्णुहरी खड्काले बताए । 

सो अवसरमा बलात्कार एक गम्भीर अपराध भएको भन्दै सरकारले सत्ताको बलमा अपराधीलाई संरक्षण नगर्न विद्यार्थीले खबरदारी गरेका हुन् ।

उनीहरुले सरकारसँग नागरिकको मौलिक हकको संरक्षण गर्न पनि माग  गरेका छन् ।

यस्ता किसिमको अपराधीक घटना न्यूनीकरण गर्दै  घटनामा सम्लग्नलाई हदैसम्मको कार्वाहीको माग गर्दै उक्त प्रदर्शन गरिएको कार्यक्रमका संयोजक खड्काले बताएका छन् ।

मुगुमा कक्षा तीनमा अध्ययनरत ९ वर्षिय बालिका लक्ष्मी चौलागाईंकाे बलात्कारपछि भएको हत्याको बिरोधमा केन्द्रीय सर्कुलर बमोजिम नेपाल विद्यार्थी देशभर निरन्तर आन्दोलित रहेको नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत