कला

खोज्दैछु

म मसँग एकदमै भाग्छु
भाग्दा भाग्दा थाकेर
थाकी थाकी भागेर पनि
उम्कन सक्दिन म ।
म मलाई आफन्तका पराईका 
गाँउतिर सहरतिर 
खोज्दै हिडिरहेको हुन्छु
उनीहरु
म ढलोस् र नउठोस् भन्छन्
हरावस् र नभेटियोस् भन्छन्
या त बहुलाएर हिडोस् भन्छन् ।
म मलाई खोज्दै हिडिरहेको हुन्छु
अहँ भेट्टाउदिन 
जब झलमल्ल उज्ज्यालो हुन्छ
पातहरु गीत गाउन थाल्छन्
पुतलीहरु नाच्छन्
फूलहरु मस्किन्छन्
र उनीहरु ताली बजांउछन्
म मलाई देख्दिन
छामेर पनि भेट्टाउदिन ।
मैले मलाई भेटेका क्षणहरुमा 
कहिले तिमी र म हुन्छौं
कहिले म र म हुन्छौं
तर
पुतलीहरु, फूलहरु र उज्ज्यालो
कोही हुँदैनन ।

गाउँ सहर संवाददाता

तपाईँको मत