पूर्वाधार

पछिल्लाे २४ घण्टामा विश्वभर साढे सात लाख काेराेना संक्रमित थपिँदा भारतमा सबैभन्दा बढि

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ३५ लाख १ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । विश्वभर पछिल्लाे २४ घण्टामा मात्र ७ लाख ६९ हजार ९१९ जना संक्रमित थपिएका छन् जसमध्ये भारतमा सबैभन्दा बढि १ लाख ४४ हजार ८२९ जना छन् । पछिल्लाे २४ घण्टामा १३ हजारकाे मृत्यु भएकाे छ । जसमध्ये ३ हजार ६ सय ४७ जना ब्राजिलमा मृत्यु भएकाे छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड ८८ लाख ४५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड ५२ लाख ७२ हजार नाघेको छ भने मृतकको संख्या २९ लाख  २७ हजार ४४० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख एक हजार ८९६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १७ लाख ९९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ७४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४३ लाख ४२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ८२ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३३ लाख ७५ हजार जना संक्रमितमध्ये १ कराेड १७ लाख ९१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ४८ हजारभन्दा बढी छन् । हाल १२ लाख ३४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३२ लाख २ हजार ७८३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६८ हजार ४६७ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १९ लाख ८७ हजार ९४० जना निको भएका छन् । सक्रिय केस १० लाख ४६ हजार ३७६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७९ हजार ३८८ जना पुगेका छन् भने २ लाख ७३ हजार ७३५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ३८ पुगेको छ भने २ हजार ६१५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत