स्वास्थ्य

कोरोनाभाइरसको सक्रिय संक्रमण २ हजार ६१५, २८८ थपिए, १२७ निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित २२८ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । 

कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य छ । अहिलेसम्म कुल मृतकको संख्या ३ हजार ३८ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १२७ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । 

मन्त्रालयका अनुसार आजसम्म २३ लाख ६ हजार २४४ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा २ हजार ६१५ र क्वारेन्टाइनमा रहनेको संख्या ८४ छ ।

छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत