दृष्‍टिकोण

भारतमा काेराेना संक्रमण बढ्दा नेपालमा त्राही, अब के हाेला ?

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ३१ हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार कोभिड–१९ का कारण ७८० जनाको ज्यान गएको छ । सरकारी तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोभिड–१९ का कारण एक लाख ६७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार भन्दा बढि छ भने अहिलेसम्म ९ करोड ४३ लाख भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । भारतमा कुल संक्रमितको संख्या एक करोड ३० लाख भन्दा बढि पुगेको छ ।

भारतमा यसरी कोरोना संक्रमण र मृतकको दरमा ह्वात्तै वृद्धिसँगै नेपालमा त्राही मच्चीएको छ । सर्वत्र यहि विषयमा चर्चा चुलिएको छ । नेपालमा पनि नयाँ भेरिएन्ट देखिएकाे खुलेकाे पनि छ । घट्दाे दरकाे संक्रमण बढाई पछिल्लाे समय बढेकाे छ । अहिलेसम्म तीनहजार ३८ काे मृत्यु भइसकेकाे छ ।

खुला सीमा र खुकुलो चेकजाँच अनि विभिन्न स्थानीय तथा मन्त्रालयका सूचनाले नेपालीमा पुनः एकपटक झस्का थपिदिएको छ । भीडभाड हुने क्षेत्रमा बढ्नसक्ने जोखिम र सरकारको पछिल्लो कडाइले थप संकट चुलिने देखिँदै जाँदा नेपाली त्राही बनेका हुन् ।

लगातार कोरोनाको स्वरूप परिवर्तनले विज्ञानलाइ नै चुनौति दिएरहेको र बनेको खोपले पनि काम नगर्ने सम्भावना बढ्दा थप चिन्ता र चासो विश्वमा बढेको परिपेक्षमा नेपालमा पनि लकडाउन, सट्डाउन र बन्दका हल्लाले स्थान पाएका छन् ।

फेरी स्वास्थ्य अधिकारी, स्वास्थ्य मन्त्री तथा प्रधानमन्त्रीको भ्वाइसले पनि यहि कुराको संकेत गरिरहेको छ । जोखिम कम गर्न हरतरहको प्रयास गर्ने र असावधानी बढे सरकारले जुनसुकै कदम चाल्नसक्ने देखिनुले नेपालमा पुनः लकडाउनको अवस्था आउनसक्ने विज्ञले आंकलन गरेका छन् ।

उसैपनि अघिल्लो लकडाउनले थिलिएको अर्थतन्त्र र बेरोजगारीलाई पूर्ताल गर्न नसकिरहेको यो विषम परिस्थितिमा अब हुनसक्ने लकडाउनले कुन हालतमा पुर्याउने हो अनुमानभन्दा बाहिर छ । रैपनि विश्वसँग अर्काे विकल्प छैन ।

गाउँ सहर डेस्क

तपाईँको मत