के प्रधानमन्त्रीमा ‘ट्राई’ मार्न खोज्दैछन् देउवा ?
- गाउँ सहर संवाददाता
- २७ चैत शुक्रबार, २०७७ | ०८:०४:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (बुधबार) तीन दलको बैठक बोलाएका छन् । सत्तासमीकरण तथा नयाँ राजनीतिक परिदृश्यबारे छलफल गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी (जसपा)को संयुक्त बैठक बस्दै छ । बैठकमा देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे माओवादी केन्द्र र जसपाको आधिकारिक धारणा माग्नेछन् कांग्रेस स्राेतले जनाएकाे छ ।
माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।
उनीहरुले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई मुद्दा बनाएका छन् । कांग्रेस नेताहरुले रेशमको रिहा बाहेकका मुद्दा सम्बोधन गर्न तयार रहेको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय गरे पनि पार्टी सभापति शेरबहादुर देउवाले खासै पहल गरेका थिएनन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न गम्भीर नभएको र राजनीतिक अवस्थालाई बन्दी बनाएको भनेर देउवाको आलोचना हुँदै आएको छ ।
माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रष्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । देउवा भने ओलीको विपक्षमा संसदमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहेका छैनन् ।
जसपाभित्र प्रष्ट दुई धार देखिएको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेर नयाँ सत्ता समिकरणमा अग्रसरता लिने निर्णय गरिसकेको छ ।
केन्द्रीय समितिको शुक्रबार बस्ने बैठक स्थगित गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनका विकल्पबारे छलफल सुरु गर्न लागेका हुन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बिहीबार साँझ निकटस्थ नेताहरुसंग परामर्श गरेका थिए ।
कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रधानमन्त्रीबाट ओली हट्नुपर्ने बताइरहे पनि कसरी हटाउने भन्नेबारे ठोस निर्णय गर्न सकेका छैनन् । अविश्वास प्रस्ताव आए फेस गर्ने र राजीनामा दिने प्रधानमन्त्री ओलीले बताइसकेका छन् । माओवादी केन्द्रका एक नेताका अनुसार छलफलले नयाँ सरकार बन्ने नबन्ने टुंगो लाग्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
प्रतिकृया दिनुहोस