सांसद पद खुस्किँदा मन्त्री रायमाझी रामेछापमा नाच्दैथिए (भिडिओसहित)
- गाउँ सहर संवाददाता
- २६ चैत बिहीबार, २०७७ | २१:३४:०० मा प्रकाशित
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझी बिहीबार अपरान्ह रामेछापकाे सुनापति गाउँपालिकाकाे तीन नम्बर वडा हिलेदेवीमा भाषण गर्दैथिए । हेलिकोप्टर चार्टर गरेर नेकपा एमाले सुनापति गाउँ कमिटीको पार्टी कार्यालय उदघाटनमा पुगेका मन्त्रीकाे काठमाडाैं पुग्दा सांसद पद गुमिसकेकाे थियाे ।
यता भाषण गरिरहँदा उता प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझीसहित कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराउँदै थिए
"फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई, फेरि पनि दश वर्ष ओलीलाई" भन्दै नाचिरहेकाे थिए मन्त्री रायमाझी।
हेर्नुहाेस् भिडिओ
नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ ।
चारै जना माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरु साबिकको नेकपा विभाजित हुँदा अध्यक्ष एवं प्रधानमन्त्री ओली केपी शर्मा ओलीतिर लागेका थिए ।
सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको एकता खारेज गरेपछि पनि उनीहरु माओवादी केन्द्रमा फर्किएनन् । २८ फागुनमा एमाले अध्यक्ष ओलीले उनीहरुलाई एमाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । पार्टीले सरकारबाट फिर्ता आउन र स्पष्टिकरण दिन गरेको निर्देशनलाई अटेर गरेपछि माओवादीले चार सांसदको पद खोस्ने निर्णय गरेको थियो । उक्त निर्णय संसद सचिवालयमा बुझाएसँगै सरकारमा सहभागी मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी मन्त्री र सांसद दुबै पदबाट पदमुक्त भएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराए । उक्त जानकारी गराउदा मन्त्री रायमाझी भने रामेछाप सुनापति गाउँ कमिटीद्धारा आयोजित सभालाई हिलेदवीमा सम्बोधन गरिरहेका थिए । मन्त्री रायमाझी हेलिकोप्टर चार्टर गरेर हिउसो सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवी आएका थिए ।
उर्जामन्त्री टोप बहादुर रायमाझी र एमालेका नेता एवं बागमती प्रदेशका आथिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले संयुक्त रुपमा पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।
पार्टी कार्यालय उदघाटन एवं सभामा उर्जा मन्त्री रायमाझी, आर्थिक मामिला मन्त्री ढुंगेल, एमालेका केन्द्रीय सदस्य कमल चौलागाई, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष एवं एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल लगायतका नेताहरुको सहभागीता रहेको छ ।
भिडिओ मदन खड्काकाे फेसबुकबाट
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्राप्त प्रतिक्रिया
टोपेबाट तोर्पेमा झरेको खुसियालीमा नाचेको होला।????????
प्रतिकृया दिनुहोस