स्वास्थ्य

पछिल्लाे २४ घण्टामा ३३२ संक्रमित थपिए, ७७ जना क्वारेन्टिनमा

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार १०० पुगेको छ । चार हजार ६ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा ३३२ जनाको नतिजा पोजिटिभ आएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ ।

हाल देशभर २ हजार ४ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ ।

हाल क्वारेन्टिनमा ७७ जना छन् भने आइसोलेसनमा दुई हजार ४५४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत