अर्थतन्त्र

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा पाँच लाखकाे मृत्यु बीमा दावी भुक्तानी

रामेछाप । सिटिजन लाइफ इन्स्योरेन्स सदरमुकाम मन्थली कार्यालयले मृतक परिवारको मृत्यु बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

शाखा कार्यालय मन्थलीले गत साता नवजागरण बचत तथा ऋण सहकारी संस्था मार्फत सिटिजन लाइफ इन्स्योरेन्समा ऋणको बीमा गरेकी मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी स्वर्गीय सीता कार्कीको श्रीमान् गोपी कार्कीलाई ५ लाख १० हजार नगद रकम भुक्तानी गरेको हो ।

उनको संस्थाबाट ऋण लिएको केही समयपछि मृत्यु भएको थियो । सीताको मृत्यु पश्चात ऋण र काजक्रीया खर्च वापतको रकम नवजागरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम थापालाई हस्तान्तरण गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले नवजागरण वचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेर सहकारीका ऋणीहरुसँग बीमा गराउँदै आएको छ ।

संस्थासँग गरेको ऋणी सदस्यहरुको बीमा अनुसारको उक्त रकम सिटिजन लाइफ इन्स्योरेन्स रामेछापकी शाखा प्रमुख मञ्जु उप्रेतीले एक कार्यक्रमबीच नवजागरण वचत संस्थालाई चेक हस्तान्तरण गरेकी हुन् ।

सिटिजनले ल्याएको यो सेवा सर्वसाधारण नागरिकहरुको लागि एकदमै उपयाेग सेवा भएको संस्थाले जनाएको छ ।

केही वर्षअघि देखी सदरमुकाम मन्थलीमा कार्यालय विस्तार गरेर सर्वसाधारण नागरिकहरुलाई सेवा दिँदै आएको इन्स्याेरेन्सले मुलुकका १ सय २५ वटा स्थानमा शाखा विस्तार गरि सेवा प्रदान गर्दै आएको छ । 

स्मरण रहाेस् आइपिओ निष्कासनकाे तयारीमा रहेकाे सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले १ सय २५ शाखामार्फत् बीमितहरूलाई सेवा प्रदान गर्दै आएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत