स्वास्थ्य

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या २९ लाख नाघ्याे, गम्भीर बिरामी पनि एक लाख बढि

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २९ लाख ७८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड ७८ लाख १ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड ३६ लाख ८० हजार नाघेको छ भने मृतकको संख्या २९ लाख ९०९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ७३२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १६ लाख ३७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ७२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४२ लाख ६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ५७ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३१ लाख ९७ हजार जना संक्रमितमध्ये १ कराेड १६ लाख ६४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ४१ हजारभन्दा बढी छन् । हाल ११ लाख ९१ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २९ लाख २६ हजार ६१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६६ हजार ८९२ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १८ लाख ४८ हजार ९०५ जना निको भएका छन् । सक्रिय केस ९ लाख १० हजार २६४ मात्र छन् जसमध्ये ९ हजार २९७ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७८ हजार ७६८ जना पुगेका छन् भने २ लाख ७३ हजार ५२९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ३८ पुगेको छ भने २ हजार २०१ जना उपचाररत छन्  ।

गाउँ सहर संवाददाता

तपाईँको मत