स्वास्थ्य

मुगुमा बालिका बलात्कारपछि हत्या घटनाकाे छिटाे छानबिन गर्न नेविसंघद्वारा सरकारकाे ध्यानकार्षण

काठमाडाैं । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्वर ८ अवस्थित वाल ज्योति प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत ९ वर्षिया बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या गरी शव कर्णाली नदीमा फ्यालिएको पाशविक घटनाको नेपाल विद्यार्थी संघले घोर निन्दा र भत्सर्ना गरेको छ । यस्तो क्रुर अपराध र निच घटनामा संलग्न सम्पूर्ण दोषीहरुलाई तत्काल पक्राउ गरी हदै सम्मको कारबाही गर्न संघले माग गरेको छ । 

लगातार यस्ता घटनाहरु दोहोरिनुले जनताको जीउधन रक्षा गर्ने सवालमा ओली सरकारको उदासिनता उदाङ्गो भएको संघका अध्यक्ष राजिब ढुंगानाको आरोप छ । 

निर्मला पन्त, सम्झना विक र भागिरथी भट्टको बलात्कार गरी हत्या गरिंदा हत्यारा पक्रनुको सट्टा बलात्कारी र हत्याराको संरक्षण गर्न सरकार नै लागि परेकोले हाम्रो समाजमा यस्ता जंगली र पाशविक घटनाले निरन्तरता पाएका भन्दै नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बलत्कारी र हत्यारालाइ संरक्षण गरी सत्ताको आयु लम्ब्याउने खेलमा नलागी जनताको जीउधन रक्षा गर्ने सवालमा गम्भीर भएर लाग्न ओली सरकारलाई खबरदारी गरेका छन ।

महामन्त्री तिमल्सिनाले घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी हदै सम्मको कारबाही गर्न, आगामी दिनमा यस्ता जंगली र क्रुर अपराधका घटना नघट्ने कुराको जनतालाई प्रत्याभूती गराउन र अझै पनि यो नालायक ओली सरकार बलात्कारी र हत्यारालाइ संरक्षण गर्ने दिशामा अघि बढे सडक आन्दोलन गरी ठेगान लगाउन बाध्य हुने र यसबाट उत्पन्न हुने हरेक परिस्थितिको जिम्मेवारी सरकार हुने चेतावनी दिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत