अर्थतन्त्र

झिनो अंकले घट्याे नेप्से परिसूचक

काठमाडौँ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ ।

नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० अंकमा रोकिएको छ ।

कारोबार रकम भने ७ अर्ब नाघेकाे छ। दिनभर भएका ७५ हजार २६५ कारोबारबाट २१५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत