स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक हक सुनिश्चित गर - विवेकशील साझा
- गाउँ सहर संवाददाता
- २५ चैत बुधबार, २०७७ | १५:२५:०० मा प्रकाशित
काठमाडाैँ । काठमाडाैँ उपत्यकासहित देशमा बढेकाे प्रदूषणलाई लिएर विवेकशील साझा पार्टीले विज्ञप्ति जारी गरेकाे छ। विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा सरकारलाई ध्यानाकर्षण गराइएकाे छ।
यस्ताे छ विज्ञप्ति
काठमाण्डाै उपत्यकासहित देशभर पछिल्लो समय वायु प्रदूषण उच्च भई अत्यन्त घातक अवस्थामा पुगेको छ। काठमाण्डाै विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाउनुले थप चिन्ता बढाएको छ।
नेपालको संविधानले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरेको सरकारलाई विवेकशील साझा पार्टी स्मरण गराउँदछ।
वर्षा र पश्चिमी वायुको गति हाम्रो अधीनमा नरहे पनि हालको प्रदूषणका प्रमुख कारक देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ-धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्नु अत्यन्त जरुरी छ।
संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरी सामुदायिक समूहहरूको समेत साथ लिएर सेना र प्रहरीलाई आवश्यक उपकरणसहित डढेलो नियन्त्रणमा अविलम्ब खटाउन विवेकशील साझा पार्टी आग्रह गर्दछ। डढेलो नियन्त्रणका लागि अन्य मुलुकले उपयोग गरिआएको हेलिकप्टरबाट रसायन छर्किने सहितका प्रविधिको उपयोगबारे पनि तत्काल तयारी अघि बढाउन हामी आह्वान गर्दछौँ।
त्यसै गरी धुवाँ धुलो नियन्त्रणका लागि केही समय सवारी साधन संचालनमा जोरबिजोर प्रणाली लागू गर्ने, सम्भव भएसम्म घरबाट काम गर्न प्रेरित गर्ने, आवश्यक परे प्रदूषण गर्ने उद्योग कलकारखाना केही समय बन्द गर्ने लगायतका उपाय लगाउनु वाञ्छनीय हुनेछ।
अहिलेको समस्या वातावरणीय मात्रै नभई यसले जनस्वास्थ्यमाथि पनि ठुलो संकट ल्याउन सक्ने भएकाले न्यूनीकरणका लागि हरेक नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नु जरुरी छ। फोहोर तथा अन्य बस्तु नजलाउने, अत्यावश्यक नपरी घरबाट ननिस्कने र निस्कनै परे सकभर सार्वजनिक यातायात प्रयोग गर्ने, खुला स्थानमा धूम्रपान नगर्ने, डढेलो जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने जस्ता कार्य नागरिक स्तरबाट गरिनुपर्छ।
प्रदूषणको समस्या अहिले अत्यन्त ठुलो देखिए पनि यो दीर्घकालीन समस्या भएकाले हाम्रा नीति र कार्ययाेजना त्यसै अनुरूप प्रभावकारी हुनु जरुरी छ। डढेलो नियन्त्रण रणनीतिको प्रभावकारी कार्यान्वयन, भौतिक विकास र पर्यावरण संरक्षणबिचको उचित सन्तुलन, खाना पकाउने विद्युतीय उपकरण र विद्युतीय सवारी साधनको प्रयोगलाई व्यापक प्रवर्द्धन गरिनुपर्दछ।
समस्या धेरै बढ्दा केही सरोकार देखाउने र अलिकति कम भएपछि पूर्णतः बेवास्ता गर्ने सरकारी प्रवृत्ति स्वीकार्य छैन।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस