सञ्चार

पत्रकार महासंघ : काे-काे पुग्लान् नेतृत्व गर्न (फाेटाे कथा)

काठमाडाैँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मतदान भइरहेकाे छ । काठमाडाैं उपत्यकासहित देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसिएटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।

महासंघको ४९ पदाधिकारीका लागि १४५ जनाको उम्मेदवारी परेको छ । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ । महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी गजेन्द्रसिंह बुढाथोकीले पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका छन्  

थप तस्बिर

गाउँ सहर संवाददाता

तपाईँको मत