स्वास्थ्य

यस्ताे छ विश्वभर उच्च संक्रमित तीन देशसहित काेराेनाकाे पछिल्लाे अवस्था

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २८ लाख ७० हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड ७२ लाख ५८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड ३० लाख १५ हजार नाघेको छ भने मृतकको संख्या २८ लाख ८५ हजार ८९४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९९ हजार ३८३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १५ लाख ६० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ७० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४१ लाख २२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ६७ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३१ लाख ६ हजार जना संक्रमितमध्ये १ कराेड १५ लाख ५८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ३७ हजारभन्दा बढी छन् । हाल १२ लाख ९ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २७ लाख ९९ हजार ७४६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६६ हजार २०८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १७ लाख ८९ हजार ७५९ जना निको भएका छन् । सक्रिय केस ८ लाख ४३ हजार ७७९ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७८ हजार ४७० जना पुगेका छन् भने २ लाख ७३ हजार ४५५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ३६ पुगेको छ भने १ हजार ९७९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत