स्वास्थ्य

चार हजार २४३ जनाको पिसिआर टेस्ट गर्दा २६० नयाँ संक्रमित थपिए, ११३ जनाले गरे स्वास्थ्य लाभ

फाइल तस्बिर ।

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित २६० जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ । 

कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य छ । अहिलेसम्म कुल मृतकको संख्या ३ हजार ३६ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या ११३ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ । 

मन्त्रालयका अनुसार आजसम्म २२ लाख ९४ हजार ६७ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा १ हजार ९७९ र क्वारेन्टाइनमा रहनेको संख्या ६९ छ ।

छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत