गाउँ सहर

सरकार लकडाउन गर्ने मनस्थितिमा छैन - मन्त्री त्रिपाठी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्।

मंगलबार काठमाडौँमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताएका हुन्।

उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए। लकडाउनले कोभिड नियन्त्रण हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनको भनाइ छ।

पछिल्लाे समय छिमेकी राष्ट्र र हल्लीखल्ली भइरहेकाे परिवेशमा स्वास्थ्य मन्त्रीकाे याे भनाइले थाेरै राहत दिएकाे छ।

गाउँ सहर संवाददाता

तपाईँको मत