खेल

नेपालमा हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेल हेर्न ताेकियाे टिकट मूल्य

काठमाडौं । बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) मा नेपालमा त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेल हुँदैछ । 

नेपाल क्रिकेट संघ (क्यान) ले उक्त त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि टिकट मूल्य तोकेको छ । क्यानले टियु क्रिकेट मैदानमा आयोजना हुने टी-ट्वान्टी सिरिजका लागि टिकट मूल्य तोकेको हो ।

क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ राखिएको जनाएको छ ।

नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

गाउँ सहर संवाददाता

Sagar Karki लेख्नुहुन्छ २७ चैत, २०७७ १:२५ pm

अब भने भरिने भयो t u ग्राउन्ड

तपाईँको मत