खेल

आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा खेलमा थ्री स्टार र पुलिस भिड्दै

पोखरा । पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको आज अन्तिम क्वाटरफाइनलमा खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३:०० बजे प्रतिस्पर्धा हुनेछ ।

विजेताले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ ।

मछिन्द्र क्लबलाई हराएर अफ्रिकन सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत