स्वास्थ्य

विश्वभर काेराेनाबाट हालसम्म २८ लाख ७३ हजारकाे मृत्यु, ९८ हजार जना सिकिस्त

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २८ लाख ३९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड ६६ लाख ९१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड २४ लाख ४ हजार नाघेको छ भने मृतकको संख्या २८ लाख ७३ हजार ५०३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९८ हजार ३५२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १४ लाख ९० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ६९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४० लाख २३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ९७ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३० लाख २३ हजार जना संक्रमितमध्ये १ कराेड १४ लाख ३६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ३३ हजारभन्दा बढी छन् । हाल १२ लाख ५३ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २६ लाख ८४ हजार ४७७ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६५ हजार ५७७ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १७ लाख ३० हजार ४५ जना निको भएका छन् । सक्रिय केस ७ लाख ८८ हजार ८५५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७८ हजार २१० जना पुगेका छन् भने २ लाख ७३ हजार ३४२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ३६ पुगेको छ भने १ हजार ८३२ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत