गाउँ सहर

भारत र पूर्वी नेपालमा भूकम्पको धक्का

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

उक्त क्षेत्र नेपाल र सिक्किमको सिमा नजिकै पर्छ । नेपालको सीमा नजिकै भूकम्प गएको हुँदा  धक्का पूर्वी नेपालमा कडा महसुश भएको जनाइएको छ ।

भूकम्प काठमाडौंमा पनि सामान्य महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको बताएकाे हो ।

इलामसहित पूर्वी नेपालका पहाडी जिल्लामा भूकम्पको धक्का महशुस भएपछि स्थानीय बासिन्दा घरबाहिर निस्केका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत