प्रतिनिधि सभा

यस्ता छन् आज बस्ने संसद बैठककाे सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची तय भएको संसद सचीवालयले जनाएको छ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ ।

संघीय संसद् सचिवालयले हिजो सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरिने छ ।

यसैगरी बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन ०७७ पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ पनि पेश गर्ने आजको कार्यसूची रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत