आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा मनाङ र संकटा भिड्दै
- गाउँ सहर संवाददाता
- २३ चैत सोमबार, २०७७ | १०:०८:०० मा प्रकाशित
पोखरा । पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनल खेल आज हुँदैछ ।
पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुनेछ ।
मनाङले हालसम्म आहा रारामा ४५ खेल खेलेको छ । जसमा ३४ जित र १० हार व्यहोरेको छ । मनाङले ६ पटक उपाधि जित्दा ५ पटक उपविजेता बनेको छ ।
संकटाले ५ खेलमा ३ हार र २ जित निकालेको छ । दुई टिमबीच आहा रारामा २ खेलमा प्रतिस्पर्धा भएको छ । दुबै खेल मनाङले जितेको छ ।
प्रतियोगितामा एपीएफ क्लब र अफ्रिकन रुट सेमिफाइनलमा पुगिसकेको छ ।
उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले हराएर एपीएफ अन्तिम चारमा पुगेको हो ।
प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस