गाउँ सहर

नेपाल आयल निगमले फेरि बढायाे इन्धनको मूल्य

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

निगमले आइतबार मध्यरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ ।

निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ ।

बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत