अर्थतन्त्र

सिटिजन लाइफ इन्स्याेरेन्सले दियाे बीमितलाई उपचार खर्च ३० लाख

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम ३० लाख प्रदान गरेको छ । शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।

तिलोत्तमा नगरपालिका वडा नं ९ का. वडा अध्यक्ष मिसु शाही, नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य कविराम अर्याल लगायत वरिष्ठ राजनीतिज्ञ, समाजसेवीहरुले संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

तिलोत्तमा नगरपालिका वडा नं ९ निवासी ४१ वर्षिय राम चन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडौं​को गंगालालमा गएका थिए । उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान गरिएको क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए । 

क्षेत्रीय प्रबन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिना नै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

बीमितको परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे र उपस्थित सबै माझ बेलैमा बीमा गर्ने सुझाव दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत