अर्थतन्त्र

शेयर बजार परिसूचक ऐतिहासिक उचाईमा, १२० कम्पनीको मूल्य बढ्दा ७१ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । शेयर बजार परिसूचक ऐतिहासिक उचाईमा पुगेको छ । नेप्से सूचले नयाँ रेकर्ड बनाउँदा कारोबार रकममा समेत सुधार आएको छ ।

यसदिन नेप्से परिसूचक २५.७१ अंकले बढेर हालसम्मकै सबैभन्दा उच्च विन्दु २६५७.६१ अंकमा पुगेको छ । यस अघि नेप्सेले गत फागुन ९ गते २६४०.३५ विन्दुमा बन्द भएको थियो ।

 

आइतबारको बजारमा कारोबारमा आएकामध्ये व्यापार, होटल्स तथा पर्यटन, उत्पादनमुल्क, म्युचुअल फण्ड एंवम लगानी समूहका सूचक नकारात्मक रहेपनि बैंकिङ्ग, बीमा र अन्य समूहमा आएको सुधारले समग्र बजार बढेको हो । यसदिन विशेषगरी बैंकिङ्ग समूहको सूचकमा उच्च सुधार देखिएको छ ।

आज कुल २१२ कम्पनीको १ करोड ७३ लाख ७ हजार ३२८ कित्ता सेयर ८ अर्ब ७७ करोड ७४ लाख ३० लाख ६९० रुपैयाँमा कारोबार भएको छ ।

आज १२० कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने २१ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमाल वोमी लघुवित्त, जनरल इन्स्योरेन्स, राधी विद्यूत कम्पनी, आइएमई जनरल इन्योरेन्स र एनआइसी लघुवित्त वित्तीय कम्पनीले सबैभन्दा बढी कमाएका छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा साल्ट ट्रेडिङ, सपोर्ट माइक्रोफाइनान्स, एचआइडिसिुएल, स्वाभिमान लघुवित्त र अजोड इन्स्योरेन्स कम्पनी छन् ।

उपसमूहतर्फ ट्रेडिङ, होटल तथा पर्यटन, लगानी समूहमा गिरावट देखिएको छ भने फाइनान्स, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको सबैभन्दा बढी बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, माथिल्लो तामाकोसी, नेपाल पुनर्बीमा, नबिल बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छन् ।

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४६ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन अपर तामाकोशी, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रुडेन्सियल इस्न्योरेन्स, नेपाल बैंक र एनएलजी इन्स्योरेन्सको २० करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत