खेल

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह

काठमाडौं । नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाका अनुसार अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको छ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन् । उनले कतारको अल शाहनी फुटबल क्लब यू-२३ र किर्गिस्तान यू-१७ टिमसँग काम गरिसकेका छन् ।

साउदी अरेबिया र कुवेतको क्लबमा पनि उनले काम गरिसकेको एन्फाले जनाएको छ ।

आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।

यसअघि नेपालकै बालगोपाल महर्जन प्रशिक्षकको भूमिका थिए र उनले नेपाललाई थ्री नेसन्स कप दिलाएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत